दफा २२
साक्षी वा प्रमाण बुझ्न अनुरोध गर्न सक्ने
(१) कुनै विदेशी अदालत वा निकायमा विचाराधीन रहेको कुनै न्यायिक कारबाहीका सिलसिलामा नेपालमा रहे बसेको कुनैव्यक्तिलाई साक्षीको रुपमा बुझ्नु पर्ने देखिएमा त्यस्तो विदेशी राज्यको अदालत वा निकायको आदेश बमोजिम विदेशी राज्यले कुटनैतिक माध्यम मार्फत नेपाल सरकार समक्ष अनुरोध गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको अदालत वा निकायमा विचाराधीन रहेको कुनै मुद्दाको सम्बन्धमा नेपालभित्र कुनै प्रमाण बुझ्नु परेमा विदेशी राज्यको अदालत वा निकायको आदेश बमोजिम विदेशी राज्यले कूटनैतिक माध्यम मार्फत नेपाल सरकार समक्ष अनुरोध गर्न सक्नेछ ।